समाज


एक सातादेखि हराएकी महिलाको शव मर्स्याङ्दी नदीमा भेटियो

एक सातादेखि हराएकी महिलाको शव मर्स्याङ्दी नदीमा भेटियो

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०८२ आइतबार ७:२१, काठमाडौँ

तनहुँको भानु नगरपालिका–५ बारीफाँट निवासी ४६ वर्षीया सुष्मा पौडेलको शव भेटिएको छ। 

एक हप्तादेखि सम्पर्कविहीन पौडेललाई शनिबार मर्स्याङ्दी  नदी किनारमा मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।  

इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत प्रहरी हवल्दार रुद्र गुरुङ र जवान दीपेन्द्रराज शाहीले नदीमा शव बगिरहेको देखपछि प्रहरीलाई खबर गरेका थिए। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नदीबाट शव निकालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 

शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छभने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad