समाज


अख्तियार प्रमुख राईलाई हत्या गर्ने धम्की दिने पाठक फिलिपिन्समा पक्राउ, नेपाल ल्याउन भोलि प्रहरी जाँदै

अख्तियार प्रमुख राईलाई हत्या गर्ने धम्की दिने पाठक फिलिपिन्समा पक्राउ, नेपाल ल्याउन भोलि प्रहरी जाँदै

नेपालखबर
पुस १९, २०८२ शनिबार २१:१८, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहितलाई हत्या गर्ने धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। 

इन्टरपोलले उनलाई पुस १६ गते फिलिपिन्सको राजधानी मनिलामा पक्राउ गरेको हो। पाठकलाई नेपाल ल्याउन नेपाल प्रहरी भोलि फिलिपिन्स जाने भएको हो।

‘फिलिपिन्सको मनिलाबाट इन्टरपोलले समातेको हो,’ नेपाल प्रहरीका एक अधिकारीले नेपालखबरसँग भने, ‘उनलाई लिन भोलि प्रहरीबाट २ जना जाँदै हुनुहुन्छ।’

फिलिपिन्सको अध्यागमन विभागले पनि पाठक पक्राउ परेको जानकारी दिएको छ। अगस्ट १८ मा उनी फिफिलिपिन्समा आएको भन्दै अध्यागमनले उनलाई नेपाल डिर्पोट गर्ने प्रक्रिया सुरु भइसकेको समेत बताएको छ।

पाठकले अख्तियार प्रमुख  राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए। धम्कीसहितको पत्र अख्तियारमै प्राप्त भएको र भिडिओसमेत सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको थियो।

उनका ३ जना सहयोगीलाई भने प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। उनीहरुले आफूहरू प्रकाशको बडिगार्ड भएको बताएका थिए।

आफूलाई उग्रवादी समूह ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष भन्ने पाठकले पठाएको पत्रमा अख्तियार प्रमुख राईसहित १० जनाको ज्यान लिने चेतावनी छ। 

उक्त सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई पनि यस्तो धम्की आएको छ। 

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि चेतावनी दिइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad