समाज


राष्ट्रिय पोसाक तथा राष्ट्रिय टोपी दिवस मनाइयो

राष्ट्रिय पोसाक तथा राष्ट्रिय टोपी दिवस मनाइयो

नेपालखबर
पुस १७, २०८२ बिहिबार १२:१२, काठमाडौँ

अंग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपालभर राष्ट्रिय पोसाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ।

 ‘नेपाली टोपीः हाम्रो शान, हाम्रो पहिचान’ तथा मौलिकता, सम्पदा र धरोहर संरक्षणका नारासहित देश-विदेशमा रहेका नेपाली समुदायले उत्साहका साथ यो दिवस मनाएका हुन्।

जागरुक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानलगायत संस्थाहरूको अगुवाइमा काठमाडौंका विभिन्न स्थानमा र्‍याली, सांस्कृतिक कार्यक्रम र प्रदर्शनी आयोजना गरिएको थियो। 

सहभागीहरू दौरा-सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी, गुन्यू-चोलोलगायत परम्परागत पोशाकमा सजिएर राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनको सन्देश दिएका थिए।

यस दिवसले युवापुस्तामा राष्ट्रिय पोसाकप्रतिको आकर्षण बढाउँदै लगेको छ भने सरकारलाई पनि मौलिक संस्कृतिको संरक्षणमा थप ध्यान दिन प्रेरित गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad