यसै हप्ताको बुधबारदेखि शैक्षिक संस्थाहरु खोलिने सोमबार वुहान शिक्षा ब्यूरोले जानकारी दिएको छ।
तीन महिनाको लकडाउनपछि गत अप्रिल ८ मा वुहानमा लकडाउन खोलेपछि जनजीवन सामान्य बन्दै गएको छ।
कोरोना संक्रमितहरु घट्दै गएपछि यतिबेला त्यहाँ सबै व्यवसायहरु संचालनमा आइसकेका छन्।
पछिल्लो समय कोरोनाको उद्गमस्थल चीनमा कोरोनाको प्रभाव घट्दै जाँदा अमेरिकी तथा युरोपेली मुलुकमा कोरोनाले जनजीवन निकै कष्टकर बनाउँदै गएको छ।
यसैबीच दक्षिण कोरियाले पनि शैक्षिक संस्थाहरु खोल्ने योजना बनाएको छ। मे १३ बाट त्यहाँ शैक्षिक संस्थाहरु खोल्ने तयारी गरिएको छ। सीएनएन
3
Shares

प्रतिक्रिया