समाज


कोरोनाभाइरस कसरी सर्छ? कपडाको मास्कले संक्रमण रोक्छ? यसो भन्छ डब्ल्यूएचओ

कोरोनाभाइरस कसरी सर्छ? कपडाको मास्कले संक्रमण रोक्छ? यसो भन्छ डब्ल्यूएचओ

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ११:२,

डब्लुएचओ नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत डा. राजनविक्रम रायमाझीले कोरोनाभाइरस संक्रमणबारे जनचेतनामूलक जानकारी गराएका छन्।

स्वास्थ्य मन्त्रालयले सोमबार गरेको नियमित पत्रकारसम्मेलनमा डा. रायमाझीले भाइरस संक्रमण हुनसक्ने र नसक्ने अवस्थाबारे जानकारी दिएका हुन्।

सर्ने सम्भावना
उनका अनुसार कोरोनाभाइरस फोक्सो र घाँटीमा रहन्छ। भाइरस संक्रमित व्यक्तिले खोक्दा र हाछ्युँ गर्दा सर्ने सम्भावना बढी हुन्छ। संक्रमित व्यक्तिले हाछ्युँ गर्दा निस्किने थुकजन्य छिटा स्वस्थ व्यक्तिको नाक, मुख र आँखामा परेमा सर्ने सम्भावना हुन्छ।

नसर्ने अवस्था
संक्रमित व्यक्तिबाट १ मिटर पर बसे नसर्ने उनको भनाइ छ। त्यस्तै, भाइरस छालाबाट सर्दैन। सोही कारण हाछ्युँ गर्दा कुहिनो बंग्याएर गर्न उनको सुझाव छ। यसबाहेक बेला बेला साबुनपानीले मिची मिची हात धुने गर्नुपर्छ।

मास्कको प्रयोग
अरु व्यक्तिहरुबाट १ मिटर पर बसेमा सर्जिकल मास्क नलगाए पनि हुने उनको सुझाव छ।

उनका अनुसार बिरामीको हेरालुले भने पञ्जा र मेडिकल मास्क प्रयोग गर्नुपर्छ। कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मीले पीपीई, आई प्रोटेक्सनलगायतका सुरक्षित स्वास्थ्य सामग्री प्रयोग गर्नुपर्छ। आईसीयूमा भएका संक्रमित हेर्ने स्वास्थ्यकर्मीले एन९५ मास्क अनिवार्य लगाउनुपर्ने सुझाव उनको छ।

डा. रायमाझीका अनुसार कपडाको मास्कले संक्रमण रोक्दैन, गतिमात्रै ढिलो हुन्छ।

याे पनि: 
शरीरमा कीटनाशक पदार्थ छर्किँदा भाइरस मर्दैन, हानि गर्छः स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad