समाज


मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी

नेपालखबर
पुस १५, २०८२ मंगलबार १४:५, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन्। 

डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै उनी विजयी भएका हुन्। शेर्पाले ५ हजार २३४ मत ल्याएर  विजय भएका हुन्। डा अजय सिंह थापाले १ हजार ८४४ मत ल्याएका छन्। 

 उनका प्रतिस्पर्धी शाहले ४ हजार ३५० र थापाले १ हजार ८४४ मत ल्याए।

शेर्पा वीर अस्पतालमा कार्यरत छन्। उनी मुटुरोग विशेषज्ञ हुन्।

पुष ४, ५ र ११ र १२ गते १ उपाध्यक्षसहित ८ सदस्यकालागि भएको निर्वाचनमा भएको थियो। 

यसैगरी सदस्यहरुमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा रविन बस्नेत र डा नीना राईले जित हासिल गरेका छन्। 

सदस्यहरुमा सबै भन्दा बढी भोट डा. पन्थीले ४ हजार ८५७ भोट ल्याएका छन्। डा. गोइतले ४ हजार ४७९, डा. पाण्डले ४ हजार १५, डा. यादवले ३ हजार ६२८ र डा. पोखरेलले ३ हजार ४०४ मत ल्याएकी छिन्। 

यस्तै डा. पराजुलीले ३ हजार २८२,  डा.राईले ३ हजार १११ र डा. बस्नेतले ३ हजार ७२ मत ल्याएर सदस्यमा निर्वाचित भएका हुन्।

काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय १९ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad