आज (मंगलबार) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (सोमबार) को भन्दा तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५.४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो। हिजो यस बेला यो तापक्रम ५.५ डिग्री सेल्सियस थियो।
यद्यपि पछि बिहान ८:४५ बजे घटेर सोमबार काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस कायम भएको थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले त्यही समयमा मापन गरिनेछ। जतिबेला अहिले बिहान ५:४५ बजे देखिएको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।
सोमबार यस्तो थियो न्यूनतम र अधिकतम तापक्रम सूची:

Shares

प्रतिक्रिया