बाराको पचरौता नगरपालिकाका ईन्जिनियर राम प्रकाश सतरा र नायव सुब्बा बद्रीबहादुर थापा घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सतरालाई १५ हजार र नासु थापालाई १४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।
पचरौता नगरपालिकास्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गरेको आयोगले जनाएको छ।
यस्तै, नायव सुब्बा बद्रीबहादुर थापाले महिला सशक्तीकरणसम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको जनाइएको छ।
कार्यालयबाटै रंगेहात पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया