समाज


मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

नेपालखबर
पुस १०, २०८२ बिहिबार १४:३, काठमाडौँ

सर्लाहीमा गएराति भएका दुईवटा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बलरा नगरपालिका–१० सुदमा र लालबन्दीमा मोटरसाइकल दुर्घटना भएको हो। 

बलरामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको प्रहरीले जनाउको छ।

सुदामा ब्यारेजमा मधेस प्र ०३–०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका–१ खैर्वा निवासी ४० वर्षीय सञ्जय यादवको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए। 

स्थानीयले आज बिहान मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा र यादवलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका हुन्। 

रामनगर–५ मा रहेको गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट बुधबार साँझ यादव गाउँपालिकाकै मोटरसाइकल चढेर घरतर्फ फर्किँदा दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।  

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

त्यसैगरि पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका–१ नवलपुरस्थित लखन्देही पुलमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । 

नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना.६३ प ५६९४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु मलङ्गवा नगरपालिका–७, मुसैली बस्ने ७० वर्षीय रामविलास महतोको मृत्यु भएको हो। 

मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका महतोलाई नवलपुरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए। 

दुर्घटनामा मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–१७, रानिगन्जकी २९ वर्षीया बिर्सनामाया भुजेल सामान्य घाइते भएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad