पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
बुधबार डल्लुस्थित खनाल निवास पुगेर चित्रकारको स्वास्थ्य अवस्था बुझेकी हुन्।
चित्रकार भारतको नयाँदिल्लीमा उपचारपछि सोमबार राति स्वदेश फर्किएकी थिइन्।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा खनाल निवासमा आगलागी हुँदा चित्रकारको उनी जलेर घाइते भएकी थिइन्।
सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भएको थियो। फोक्सोमा निमोनियाको संक्रमण बढेपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो।
उपचारका क्रममा संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काटिएको थियो।
हाल चित्रकारको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ।
Shares

प्रतिक्रिया