समाज


तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने

तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०८२ बुधबार ६:४९, काठमाडौँ

विगत केही दिनदेखि तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ। 

जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। 

हुस्सु र कुहिरोबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने विभागले जनाएको छ। 
    
विभागका मौसमविद् हरिप्रसाद दाहालले तराईका धेरै ठाउँमा आज पनि हुस्सु÷कुहिरो लागेको जानकारी दिए। 

“आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ, उनले भने। 

मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो। 

मौसमविद्हरुले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुरा खान सुझाव दिएका छन्।

विभागले जारी गरेको बुलेटिनमा कोसीका तराई भू–भागमा आज मध्याह्नसम्म बाँकी भू–भागमा दिनभर नै हुस्सु र कुहिरो लाग्ने उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad