ad ad

समाज


सेनाको गाडीले ठक्कर दिएर घाइते महिलाको जहाजबाट उद्धार

सेनाको गाडीले ठक्कर दिएर घाइते महिलाको जहाजबाट उद्धार

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ८:५८,

नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि काठमाडौं लगिएको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए।

उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनका भाइ कोहलपुर –२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको र उनी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

बाँकेमा पाँचको निधन
बाँकेमा बन्दाबन्दीमा भएका सडक दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। कोरोना भाइरसको सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएसँगै अत्यावश्यकीयबाहेकका सवारी साधन चलेका छैनन्। अत्यावश्यक कामका लागि सञ्चालित सवारीसाधन दुर्घटना परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार मृत्यु हुनेमा दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र अन्य दुई सर्वसाधारण छन्। चैतमा भएका छ दुर्घटनामा दुई जना तथा वैशाख २० गतेसम्म भएका नौ दुर्घटनामा तीन जनाको ज्यान गएको छ। कोहलपुर क्षेत्रमा भएका दुई दुर्घटनामा मात्रै तीन जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले जानकारी दिए। उनका अनुसार बढीजसो दुर्घटना तीव्र गति र चालकको लापर्वाहीले हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .