ad ad

समाज


जनकपुरमा नयाँ पीसीआर मेसिन जडान, अब कोरोना परीक्षणको गति बढ्ने

जनकपुरमा नयाँ  पीसीआर मेसिन जडान, अब कोरोना परीक्षणको गति बढ्ने

शैलेन्द्र महतो
बैशाख २१, २०७७ आइतबार ६:१९,

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण गर्न नयाँ पीसीआर मेसिन जडान गरिएको छ।

यसअघि चैत २१ गते जडान गरिएको पोर्टेबल पीसीआर मेसिनले गलत रिपोर्ट दिन थालेपछि त्यसलाई हटाएर नयाँ मेसिन जडान गरिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झाको टोलीले आएर मेसिन जडान गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश सरकारको लगानीमा गएको शुक्रबार नयाँ पीसीआर मेसिन जडान गरिएको स्वास्थ्य निर्देशनालयका वरिष्ट अधिकृत विजय झाले जानकारी दिए।

शनिबारदेखि नयाँ मेसिनमा परीक्षण अभ्यास भइरहेको छ। सोमबारदेखि औपचारिक रुपमा स्वाब परीक्षण हुने प्रादेशिक प्रयोगशाला प्रदेश २ का अधिकृत युगलकिशोर यादवले जानकाी दिए।

नयाँ जडान गरिएको मेसिनले यसअघिको भन्दा तीव्र गतिमा स्वाब परीक्षण रिपोर्ट दिने जनाएको छ। ‘यसअघिको पीसीआर मेसिनमा प्रति घण्टा एक जनाको रिपोर्ट दिन्थ्यो। नयाँ मेसिनमा झण्डै डेढ घण्टामा दुई जनाको रिपोर्ट दिन्छ’, उनले भने, ‘८० मिनेटमा एकैपटक २ जनाको रिपोर्ट आउँछ। दैनिक १६ देखि २० जनाको स्वाब परीक्षण गर्न सकिन्छ।’

यसअघिको पीसीआर मेसिनमा कोरोना संक्रमित व्यक्तिको स्वाब परीक्षण गर्दा समेत नेगेटिभ रिपोर्ट देखाएपछि प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण बन्द गरिएको थियो। एक सय एक जनाको स्वाब परीक्षण गरिएको यसअघिको पीसीआर मेसिनमा शंका लागेका केही व्यक्तिको पुनः काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा ३ जना कोरोना पोजेटिभ भेटिएका थिए।

स्वास्थ्य निर्देशनालयका वरिष्ट अधिकृत झाकाअनुसार वीरगन्जमा समेत रियल टाइम पीसीआर मेसिन जडान कार्य भइरहेको छ। झाले भने, ‘२-३ दिनमा वीरगन्जको मेसिन पनि सुचारु हुन्छ। राजविराज र जनकपुरमा पनि ठूलो मेसिन जडान गर्न छिट्टै टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ। एक साताभित्र मेसिन किनेर संचालन गर्ने तयारी छ।’

यो मेसिनबाट एक पटकमा ७२ वटा नमूना परीक्षण गर्ने क्षमता रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .