ad ad

समाज


६ जिल्लाका प्रहरी प्रमुख परिवर्तन, को कहाँ?

६ जिल्लाका प्रहरी प्रमुख परिवर्तन, को कहाँ?

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ६:१८,

नेपाल प्रहरीअन्तर्गत ६ जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरिएको छ।

प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवासँगै रिक्त रहेका जिल्ला प्रहरी कार्यालयमा काजमा एसपी पठाइएको हो ।

कैलाली, दाङ, सुनसरी, नवलपरासी, बागलुङ र बर्दियामा एसपी काज सरुवा गरिएको हो।

मानव बेचविखन ब्युरोमा कार्यरत अनुपम राणा कैलाली, महानगरीय प्रहरी कार्यालयमा कार्यरत गणेश चन्द दाङ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत कमल थापालाई सुनसरी सरुवा गरिएको छ।

यस्तै बर्दियामा केदार रजौरे, नवलपरासी पश्चिममा अजय केसी र शारदाप्रसाद चौधरीलाई बाग्लुङको जिम्मेवारी दिइएको छ।

अहिले काजमा पठाइए पनि सरुवा निकाल्दा उनीहरूलाई त्यही कायम हुने गरी पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

एक वर्ष कार्यकाल पूरा भएका जिल्लामा प्रहरी प्रमुख परिवर्तन सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .