सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-६ स्थित कब्रस्थान क्षेत्रबाट करिब ४५ लाख रुपैयाँ बराबरका ईलेक्ट्रिक भेप बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार पौष २ गते विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरको टोलीले भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएका ९ कार्टुनमा प्याक गरिएका १ हजार ८ सय वटा ई-भेप फेला पारेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ती भेप परालको कुन्युमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको थियो।
बरामद गरिएका ई-भेपहरू आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासीमा बुझाइएको छ।
135
Shares

प्रतिक्रिया