काठमाडौँको सतुङ्गलमा सडकमा २ वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
सोमबार राति चन्द्रागिरी नगरपालिका-१२ सतुङ्गलस्थित सडकमा प्रदेश ३-०२-००६ प ९५३२ र बा.प्र.०२-०६१ प ३८३५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुघर्टनामा सतुङ्गल बस्ने २५ वर्षीय आयुष महर्जन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि एपीएफ अस्पताल बलम्बु लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।
72
Shares

प्रतिक्रिया