नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार खानापछि बन्दसत्र सुरु हुनेछ। भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो।
बैठकले पदाधिकारी १९ जना र केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने गरि विधान संशोधन हुने निर्णय गरेको थियो। अब संशोधित विधान अनुसार नेतृत्व निर्माणको प्रक्रिया बन्दसत्रबाट अगाडि बढाइने छ।
78
Shares

प्रतिक्रिया