समाज


भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी

भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी

प्रज्ञा तिम्सिना
मंसिर २८, २०८२ आइतबार १२:२५, काठमाडौँ

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्य अवस्था सुधार उन्मुख हुँदै गएको छ।

शनिबार मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएर शल्यक्रिया गरिएका श्रीवास्तवलाई जनरल वार्डमा सार्ने तयारी भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जनाएको छ। 

‘आइसीयू कक्षमा उपचाररत उहाँको स्वास्थ्य सुधार हुँदै गएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘आज वार्डमा सार्ने तयारी भइरहेको छ।’ 

काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा एक्कासी अचेत भएर उनी ढलेका थिए। अवस्था गम्भीर बनेपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुर्‍याइएको थियो। हाइकिङमा उनीसँगै दूतावासका दुई जना अफिसर साथमा थिए। 

अस्पताल पुर्याउनासाथ प्रारम्भिक स्वास्थ्य जाँचपछि चिकित्सकलले तत्काल  मुटुमा स्टेन राखेर ब्लकेज खोलेका थिए। 

राजदूत श्रीवास्तव हाइकिङकै क्रममा ढलेर बेहोस भएको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षकको नेतृत्वमा दुई दर्जन सुरक्षाकर्मी भस्मासुर डाँडातर्फ गएका थिए। नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी पनि खोजी कार्यमा लागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad