ad ad

समाज


इटहरीमा १७ वर्षीया किशोरीलाई ९ जना मिलेर बलात्कार

इटहरीमा १७ वर्षीया किशोरीलाई ९ जना मिलेर बलात्कार

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १४:५,

सुनसरीको इटहरीमा १७ वर्षीया किशोरीलाई ९ जना मिलेर बलात्कार गरेका छन्।

इटहरीस्थित इलाका प्रहरी कार्यालयका अनुसार आफूलाई ९ जना मिलेर बलात्कार गरेको भन्दै एक किशोरीले उजुरी दिएकी हुन्।

प्रहरी कार्यालयमा बुझाएको जाहेरीमा ती किशोरीले यही वैशाख १७ गते राति आफू सामूहिक बलात्कारमा परेको उल्लेख गरेकी छन्।

इटहरी वडा नम्बर ११, खनार भन्ने स्थानमा किशोरी बलात्कारमा परेको उजुरी आएको इटहरी इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी धर्मराज भण्डारीले नेपालखबरलाई जानकारी दिए।

‘उजुरीका आधारमा हामीले २ जना पक्राउ गरिसकेका छौं, ’ डीएसपी भण्डारीले शुक्रबार साँझ टेलिफोनमा नेपालखबरसँग भने, ‘अन्यको खोजी भइरहेको छ।’

उजुरीका आधारमा प्रहरीले घटनामा संलग्नमध्ये स्थानीय त्रिलोचन चौधरी र अमित चौधरीलाई पक्राउ गरेको हो।

‘घटनाको व्यापक अनुसन्धान भइरहेको छ,’ डीएसपी भण्डारीले भने, ‘अहिले धेरै कुरा नखोलौं, अनुसन्धानमा बाधा पर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .