पेट्रोलियम पदार्थको मूल्य घटेर नेपाल आएपनि नेपाल आयल निगमले मूल्य भने घटाएकाे छैन।
मूल्य घटेर नेपाल आए पनि माग नै कम भएका कारण मूल्य नघटाइएको नेपाल आयल निगमले जनाएकाे छ।
पहिलेको बजार भाउ भन्दा कम मूल्यमा नेपालमा पेट्रोलिम पदार्थ भित्रिए पनि लकडाउनको कारण माग न्यून रहेका कारण मूल्य नघटाइएको निगमले स्पष्ट पारेकाे छ।
स्वचालित प्रणाली अनुसार निगमले अंग्रेजी महिनाको हरेक १ तारिख र १६ तारिकमा पेट्रोलियम पदार्थको मूल्य हेफेर गर्दै आएको छ। तर यो पटक भने पहिलेकै दर रेटमा बिक्री गर्ने निगमले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ।
प्रतिक्रिया