वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ३३ वर्षीय भीमबहादुर महर रहेका छन्।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोर्चुगल लैजाने भन्दै उनले पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
काठमाडौंको सुकेधाराबाट पक्राउ परेका महरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
60
Shares

प्रतिक्रिया