राजनीति


प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष आचार्यले गरे पदभार ग्रहण

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष आचार्यले गरे पदभार ग्रहण

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १८:०, काठमाडौँ

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पदभार ग्रहण गरेका छन्।

आइतबार नियुक्ति पत्र बुझेलगत्तै सञ्चार ग्रामस्थित कार्यालयमा पुगेर अध्यक्ष आचार्यले पदभार ग्रहण गरेका हुन्। सरकारले गत सोमबार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो। 

पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सरोकारवालासँगको सहकार्यमा आमसञ्चार माध्यमहरुलाई व्यव्यस्थित बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। उनले आफू चाहेर नभई समयको माग अनुसार काउन्सिको अध्यक्ष बनेको उल्लेख गर्दै काउन्सिलमा रहेका संस्थागत समस्याहरू समाधान गर्नु पहिलो प्राथमिकता हुने बताए।

उनले भने, ‘म चाहेर यो पदमा आएको होइन। मलाई यो विषम परिस्थितिमा काउन्सिलको नेतृत्व गर्नुपर्छ भनेर नागरिक सरकारले अफर गरेको कारण यहाँ आएको हुँ। नागरिक सरकारले नियुक्त गरेको कारण पनि संस्थागत तथा आर्थिक भ्रष्टचार नियन्त्रण गर्दै काउन्सिलमा रहेका संस्थागत समस्या गर्नु मेरो पहिलो प्राथमिकता हो। सरोकारवालाहरूसँगको सहकार्यमा सञ्चार क्षेत्रमा सुधार गर्न प्रयत्नरत हुनेछु।’

वरिष्ठ अधिवक्ता समेत रहेका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमए, पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम र विद्यावारिधि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad