समाज


बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो, एकै दिन ३१ संक्रमित

 बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो, एकै दिन ३१ संक्रमित

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १:१,

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ।

बिहीबार थप ३१ जना नेपाली श्रमिकमा संक्रमण देखिएपछि त्यहाँ कोरोना संक्रमितको संख्या १ सय ५७ पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ। यसअघि यसअघि बहराइनमा १ सय २६ जना नेपाली कोरोना संक्रमित थिए।

संक्रमित नेपालीलाई आफ्ना नागरिक सरह नै उपचार गरिरहेको बहराइन सरकारले जनाएको छ। संक्रमित सबै नेपालीको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ।

दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ। बहराइनमा करिब ३० हजार नेपाली कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad