समाज


धोबीखोलामा मृत भेटिएका युवकको पहिचान

धोबीखोलामा मृत भेटिएका युवकको पहिचान

घटनास्ठल


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार ११:४४, काठमाडौँ

आज बिहान काठमाडौँको अनामनगरस्थित धोबीखोलामा मृत भेटिएका युवकको सनाखत भएको छ।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार मृतक युवक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ निवासी ललित गिरी हुन्। 

अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबी खोलमा आज बिहान साइकलसहित उनको शव फेला परेको थियो। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी भट्टराईले जानकारी दिए। 

ती युवको साथमा रहेको कागजातबाट उनको पहिचान भएको हो। 

उनी गएराति साइकलसहित धोबीखोलामा खसेको अनुमान प्रहरीले गरेको छ। धोबीखोलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

पुलमा रेलिङ नभएको कारण ती युवक साइकलसहित पुलबाट खोलामा खसेको अनुमान गरिएके छ। 

मृतक युवकको टाउकोमा गहिरो चोट छ। पुलबाट खस्दा ढुंगामा टाउको ठोकिँदा उनको मृत्यु भएको अनुमान छ। युवकको शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad