आज (बिहीबार) देखि नेपाली फिल्म ‘अभिमन्यु: च्याप्टर १’ देशभरका हलमा प्रदर्शन भएको छ।
उँधौली पर्वको बिदाको अवसर पारेर रिलिज ‘अभिमन्यु: च्याप्टर १’ मा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्।
‘परान’को दबदबाबीच पनि अभिमन्युले सन्तोषजनक शो पाएको छ। नेपालभरिका हलले फिल्मलाई ८६ शो उपलब्ध गराएका छन्।
सोमबार भएको प्रिमियरमा सहभागीहरूले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका छन्।
अब दर्शकबाट पनि सकारात्मक ‘वर्ड अफ माउथ’ पाउने अपेक्षा फिल्म निर्माताले राखेका छन्।
सुशान्त गौतम निर्देशित ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन्।
यो चलचित्र मुकेश खनालले लेखेका हुन्।
चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ। फिल्ममा रेखा थापाको पनि अतिथि भूमिका छ।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
यो चलचित्र नेपालीसहित हिन्दी भाषामा पनि रिलिज भएको छ।
Shares

प्रतिक्रिया