समाज


अनामनगरको धोबीखोलामा भेटियो करिब २५ वर्षीय युवकको शव

अनामनगरको धोबीखोलामा भेटियो करिब २५ वर्षीय युवकको शव

घटनास्थल


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार ८:२७, काठमाडौँ

काठमाडौँको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। 

प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले मृतक युवकको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए। 

‘अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै आज बिहान साइकलसहित युवकको शव भेटिएको हो,’ उनले भने, ‘अहिले हाम्रो टोली घटनास्थलमा पुगेर शव निकालेको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी छ।’

ती युवको साथमा रहेको कागजातबाट पहिचान खुलाउने प्रयास भइरहेको एसपी भट्टराईले बताए। 

ती युवक गएराति साइकलसहित धोबीखोलामा खसेको अनुमान प्रहरीले गरेको छ। धाेबीखाेलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

पुलमा रेलिङ नभएको कारण ती युवक साइकलसहित पुलबाट खोलामा खसेको अनुमान गरिएके छ। 

मृतक युवकको टाउकोमा गहिरो चोट छ। पुलबाट खस्दा ढुंगामा टाउको ठोकिँदा उनको मृत्यु भएको अनुमान छ। युवकको शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad