समाज


विपन्न परिवारले उत्पादन गरेको साग किनेर कोरोनाविरुद्ध खटिनेलाई निःशुल्क वितरण

विपन्न परिवारले उत्पादन गरेको साग किनेर कोरोनाविरुद्ध खटिनेलाई निःशुल्क वितरण

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १२:३,

मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गरेका छन्।

बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछि उनले आप्mनो निजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई निःशुल्क वितरण गरेका हुन्। मुस्ताङबाट प्रतिकिलो रु ३० का दरले साग खरिद गरेका हुन्।

पहिलो चारणमा दुई हजार केजी, दोश्रो र तेश्रो चरणमा एक/एक हजार केजी खरिद गरि वितरण गरेको बताउँदै उनले भने, ‘उपल्लो मुस्ताङका ट्रक व्यवसायीले पोखरासम्म साग निःशुल्क ढुवानी गरिदिनु भएको हो।’

हाइअल्टिच्यूटमा उत्पादित अर्गानीक मार्फाको साग नरम, छिटो पाक्ने र स्वादिष्ट हुने भएका कारण पोखरा बजारमा यसको माग उच्च रहेको छ। हवाईजहाजबाट ढुवानी गरिएको सो साग पोखरा बजारमा रु एक सयदेखि एक सय पचास सम्ममा बिक्री हुने गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad