राजनीति


लकडाउनको बेला घरमा बसेका विप्लवका केन्द्रीय सदस्य पक्राउ

लकडाउनको बेला घरमा बसेका विप्लवका केन्द्रीय सदस्य पक्राउ

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १२:१०,

प्रहरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई बिहीबार घरबाटै पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीका अनुसार सुनारमाथि दुई महिनाअघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन्। सुनार सो समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad