हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
चक्रवात ‘दित्वा’को आंशिक प्रभाव परे पनि आगामी ३ दिनसम्म देशभर कतै वर्षा तथा हिमपातको सम्भावना भने देखिएको छैन।
यस्तो छ मौसम महाशाखाको प्रक्षेपण:
मंसिर १४ गते (आइतबार)
दिउँसो : देशभर आंशिक बदली रहने छ।
राति : देशभर आंशिक बदली रहने छ।
मंसिर १५ गते (सोमबार)
दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति : कोसी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
मंसिर १६ गते (मंगलबार)
दिउँसो : देशभर मौसम मुख्यतया सफा रहने छ।
राति : देशभर मौसम मुख्यतया सफा रहने छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा थोरै मात्रामा बादल लाग्नु हो भने मुख्यतया सफा भनेको छिटपुट बादलबाहेक पूरा आकाश सफा रहनु हो।
'दित्वा' चक्रवातका कारण श्रीलंका र भारतमा भने भारी वर्षा र आँधीको अवस्था छ।
भारतीय सञ्चारमाध्यमका अनुसार श्रीलंकामा विनाश मच्चाएपछि चक्रवात दित्वा आज भारतको तमिलनाडु र पुडुचेरीको तटमा ठोकिँदै छ।
भारतीय मौसम विभागले कुड्डालोर, नागापट्टिनम, मयिलादुथुराई, विल्लुपुरम र चेंगलपट्टु लगायत धेरै क्षेत्रहरूमा भारी वर्षा हुने र तेज हावा चल्ने चेतावनी जारी गरेको छ।
Shares

प्रतिक्रिया