अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर राम बहादुर रानाभाटको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदनको गरेको छ।
आयोगबाट इन्जिनियर रानाभाटले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा बिगो ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो।
विशेष अदालतले २०८१ जेठ २९ को फैसलाबाट (फैसला प्रमाणीकरण मिति २०८२।०५।०६) सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी आयोगले यही मंसिर १२ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
102
Shares

प्रतिक्रिया