समाज


वीरगञ्जबाट स्रोत नखुलेको १० लाखसहित एक भारतीय पक्राउ

वीरगञ्जबाट स्रोत नखुलेको १० लाखसहित एक भारतीय पक्राउ

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १९:४२, वीरगञ्ज (पर्सा)

प्रहरीले स्रोत नखुलेको रु १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad