समाज


बल्खुमा बाढीपीडित- सुकुम्बासीले बनाएका टहरामा महानगरले चलायो डोजर

बल्खुमा बाढीपीडित- सुकुम्बासीले बनाएका टहरामा महानगरले चलायो डोजर

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १५:३२, काठमाडौँ

काठमाडौं महानगरपालिकाले वडा नं. १४ बल्खुस्थित अव्यवस्थित टहरा भत्काएको छ। 

बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढीपीडित सुकुम्वासीहरूले बनाएका अस्थायी टहराहरू भत्काएको हो।

प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन्।

महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए। विद्यालय सञ्चालनमा बाधा पुर्‍याइरहेका थिए।

यो घटना महानगरपालिकाको अनधिकृत संरचना हटाउने निरन्तर अभियानको हिस्सा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad