खेल


जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १५:३७, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। एनपीएलमा टस जित्ने टोलीले ब्याटिङ रोजेको यो पहिलो खेल हो।

पोखराले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। अविशेक तिवारीको स्थानमा तृतराज दास सुरुवाति ११ मा आएका छन्। 
जनकपुरले तीन खेलाडी परिवर्तन गरेको छ। आदित्य महत, लाहिरु मिलन्था र संगीत कोरे सुरुवाति ११ मा आएका छन्। 

पोखरा एभेन्जर्सको टोली: कुशल भुर्तेल, दिनेश खरेल, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सुमित वर्मा, एडम रोसिङटन, डेनियल डाउथवेट र जिम्मी निसम।

जनकपुर बोल्ट्सको टोली : अनिलकुमार शाह, आशिफ शेख, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, मयन यादव, आदित्य महतो, रुपेशकुमार सिंह, वायने प्रनिल, माज सदाकत, जान निकोल लफ्टी–इटोन र संजय कृष्णमूर्ति।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad