राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको मुद्दामा आज बिहीबार उच्च अदालत तुलसीपुर बुटवलमा सुनुवाइ हुँदै छ।
उनीहरूको मुद्दा न्यायधीशद्वय मिलन राई र सानुमैयाँ डंगोलको इजलासमा परेको छ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको मुद्दामा अहिले चौथोपटक पेसी तोकिएको हो।
गत कात्तिक २० गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरु मिसिल ल्याउन आदेश दिएपछि कात्तिक १३ गतेका लागि पेसी तोकिएको थियो। तर छविलाल जोशीका कानुन व्यवसायीले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि रोकिएको थियो।
बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन्।
Shares

प्रतिक्रिया