कारोबार


ग्रिन डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश

ग्रिन डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार ११:४७, काठमाडौँ

ग्रिन डेभलपमेन्ट बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। 

बुधबार बसेको सञ्चालक समिति बैठकले आव २०८१÷०८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। 

बैंकको चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार ५ सय रुपैयाँ छ। यसबाट ४ करोड ५८ लाख १ हजार ५ सयबराबर बोनस र २४ लाख १० हजार ६ सय ५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। 

प्रस्तावित लाभांश नेपालबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट अनुमोदनसँगै सेयरधनीले पाउनेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad