समाज


अमेरिकाकाे राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पस्याे बाढी (भिडियाे)


नेपालखबर
असार २४ ,

ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो।

केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गरिनु परेको थियो। अन्डरपास मार्गहरू कतिपयमा २ मिटरसम्म पानीको स्तर पुगेको थियो।

उक्त बाढीबाट अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत प्रभावित भयो। बीबीसीका अनुसार वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको थियो। बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भएको थियो।

Image result for white house flood

ह्वाइट हाउस परिसरमा बाढी

तर कर्मचारीका अनुसार त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित छन्। त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन्।

मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ। प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ।

Image result for white house flood

असार २४, २०७६ मंगलबार ८:३४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .