पर्साको बीरगञ्ज महानगरपालिका–३१ स्थित भेडियाही खोलाबाट सशस्त्र प्रहरी टोली र सब डिभिजन वन कार्यालयका कर्मचारीले करीव एक लाख नौ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ४ पर्शुरामपुर बस्ने असलम देवान छन्। दुई वटा साईकलमा राखी ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको ३१ क्यूफिट सालको गोलिया काठसहित देवानलाई पक्राउ गरिएको हो।
काठ ल्याउँदै गरेका अन्य व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोली देख्नासाथै उक्त काठ छाडी फरार भएका थिए।
पक्राउ परेका देवानलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ।
प्रतिक्रिया