जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विभिन्न विवादित संघ संस्थाउपर छानबिन गर्न समिति गठन गरेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही संघ–संस्थाहरुमा विधान विपरितका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढंगबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेको लगायतका विषयहरुमा बारम्बार गुनासो एवं उजुरी प्राप्त भएको भन्दै प्रशासनले प्रशासकीय अधिकृतको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो।
यस प्रकारको संघ संस्थाहरुको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गरे पश्चात् मात्र त्यस प्रकृतिका संस्था सम्बन्धी थप आवश्यक निर्णय हुने आज जारी सूचनामा जनाइएको छ।
54
Shares

प्रतिक्रिया