समाज


भारतीय पासपोर्ट प्रयोग गरेर ओमान जान लागेकी नेपाली महिला मुम्बईमा पक्राउ

भारतीय पासपोर्ट प्रयोग गरेर ओमान जान लागेकी नेपाली महिला मुम्बईमा पक्राउ

मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल


नेपालखबर
मंसिर १०, २०८२ बुधबार १४:४५, काठमाडौँ

भारतीय राहदानी प्रयोग गरेर ओमान जान लागेकी एक नेपाली महिला भारतमा पक्राउ परेकी छन्। टाइम्स अफ इन्डियाका अनुसार मंगलबार मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली महिला पक्राउ परेकी हुन्।  

महाराष्ट्र राज्यको सहार प्रहरी कार्यालयका अधिकारीले ती महिला गत हप्ता ओमानको राजधानी मस्कट जानेक्रममा  अध्यागमन काउन्टर पुगेको पनि समाचारमा उल्लेख छ। उनले आफूलाई काजल बताउँदै आफ्नो जन्मस्थान हिमाञ्चल प्रदेशको नोहरा भएको भारतीय राहदानी पेस गरेकी थिइन्। 

अध्यागमनका अधिकारीहरूले उनीमाथि शंका गर्दै थप जाँच गरेका थिए। जाँचका क्रममा उनले आफू नेपाली नागरिक भएको स्वीकारेकी थिइन्। 

त्यहाँ उनले आफ्नो नाम काजल लामा रहेको र घर पर्सा भएको बताएको समाचारमा उल्लेख छ। उनले प्रहरीलाई बाबुआमा वर्षौंदेखि हिमाञ्चल प्रदेशमा बसोबास गर्दै आएका कारण उनले राज्यको ठेगाना प्रयोग गरेर आधार कार्ड, प्यान कार्डसहितका कागजात पाएको पनि बताएकी छन्।  

नक्कली कागजात प्रयोग गरेर उनले हिमाञ्चलको शिमला राहदानी कार्यालयबाट भारतीय पासपोर्ट जारी गराएको र त्यसको प्रयोग गरेको पाइएको छ। 

प्रहरीले अध्यागमन कर्मचारीहरूको रिपोर्टपछि महिलालाई नजरबन्द गरिएको र उनमाथि गलत जानकारी दिने, कागजात जालसाजी गर्ने र गैरकानुनी रूपमा विदेश यात्रा गर्ने प्रयास गरेको आरोपमा मुद्दा दर्ता भएको बताउँदै अनुसन्धान अघि बढिसकेको जनाएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad