कारोबार


लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा आयो नेपालमा शाओमी १५टी

लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा आयो नेपालमा शाओमी १५टी

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १४:४६, काठमाडौँ

शाओमीको नयाँ शाओमी १५टीले नेपालका स्मार्टफोन प्रयोगकर्तालाई व्यावहारिक र मूल्यअनुरूपको नयाँ विकल्प दिएको छ।

लाइकासँग सहकार्य गरेर तयार गरिएको क्यामेरा तथा प्रिमियम हार्डवेयरका कारण उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

शाओमी १५टी को सबैभन्दा उल्लेखनीय विशेषता यसको बहुपयोगी क्यामेरा सेटअप हो। यसले दैनिक जीवनका तस्विरहरू राम्रो गुणस्तरका साथ खिच्न सक्छ। ५० मेगापिक्सेलको मुख्य क्यामेरामा अम्निभिजन लाइट फ्युजन ८०० सेन्सर र ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेशन) प्रयोग गरिएको छ, जसले एफर१.७ लेन्समार्फत स्पष्ट र जीवन्त तस्विर खिच्न मद्दत गर्छ।

लाइका क्यामेराका कलर प्रोफाइल र इफेक्टले तस्विरमा प्राकृतिक र प्रिमियम अनुभूति थप्छ। दैनिक फोटो खिच्ने प्रयोगकर्ताका लागि यो सेटअप पर्याप्त र शक्तिशाली छ। यसले गर्दा महँगो फ्ल्यागशिप फोन बिना पनि राम्रो फोटो लिन सकिन्छ।

तपाईंलाई अत्यधिक जुम आवश्यक छैन वा प्रायः अँध्यारोमा फोटो खिच्नुपर्दैन भने, यो क्यामेरा सेटअप दैनिक फोटोग्राफीका लागि धेरै नै व्यावहारिक छ। 

शाओमी १५टी मा १२ जीबी एलपीडीडीआर फाइभएक्स ¥याम र ५१२ जीबी यूएफएस ४.१ स्टोरेज छ, जुन स्मार्टफोनका लागि अत्याधुनिक मेमोरी प्रविधि हो। १२ जीबी एलपीडीडीआर फाइभएक्स ¥यामले स्मूथ मल्टिटास्किंग सुनिश्चित गर्छ, जसले धेरै एप्स एकसाथ चलाउँदा पनि स्लो हुँदैन। यसले गेम खेल्दा वा एप्स छिटो सर्ने अवस्थामा राम्रो पावर एफिसिएन्सीसहित छिटो डेटा गति पनि दिन्छ। ५१२ जीबी यूएफएस ४.१ स्टोरेजले यूएफएस ४.० भन्दा ५० प्रतिशत छिटो एप स्थापना, छिटो फाइल ट्रान्सफर र सिस्टम प्रतिक्रिया सुनिश्चित गर्छ।

यसमा हजारौं तस्बिर, फोरके भिडियो, ठूला गेम फाइलहरू र थुप्रै एप्स अटनसक्ने स्टोरेज क्षमता छ। शाओमी १५टी मा भएको ५१२ जिबी सबैजसो प्रयोगकर्ताका लागि पर्याप्त हुन्छ। यस संयोजनले गेमिङ, फोटोग्राफी र दैनिक कामहरूमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ।

यो फोन प्लास्टिक फ्रेममा डिजाइन गरिएको छ, जसको वजन केवल १९४ ग्राम रहेको छ त्यसैले लामो समयसम्म गेम खेल्दा पनि उपकरणलाई चिसो राख्न मद्दत गर्छ। आईपी ६८ प्रमाणपत्रले यसलाई पानी र धुलो प्रतिरोधी बनाउँछ भने डिस्प्लेमा कर्निङ गोरिला ग्लास ७आईले दैनिक प्रयोगका लागि टिकाउपन सुनिश्चित गर्छ। खरिदकर्ताले कालो, खैरो र रोज गोल्ड रंग विकल्पहरू छान्न सक्छन्, सबैमा आकर्षक मेटालिक फिनिश छ जसले फोनको देखिने शैली अझ प्रभावशाली बनाउँछ।

शाओमी १५टी  मा ६.८३ इन्चको ओ एलईडी स्क्रिन छ जसले हेर्ने अनुभव नै फरक पार्छ। यसको स्क्रिन १ .५ के   रेसोलुशनको स्क्रिनले तस्बिर र भिडियो  क्लियर देखिन्छन्। साथै १२० हत्जर्Þ  रिफ्रेश रेट भएकोले फोन चलाउँदा, स्क्रोल गर्दा वा गेम खेल्दा, सबै सबै फिचरहरू सहज र सुविधाजनक हुन्छ। स्क्रिनको उज्यालोपन ३,२०० निट्स  सम्म पुग्न सक्छ, जस्ले गर्दा  घाममा पनि फोन सजिलै चलाउन सकिन्छ।

यसमा एच डी अर १०+  र डोल्बी विसन   सपोर्ट पनि छ, जसले गर्दा मुभी वा भिडियो हेर्दा रङहरू सुस्पष्ट देखिन्छन्, र  स्क्रिनको टच रिस्पोन्स पनि छिटो भएकोले छुने बित्तिकै चल्छ। यसको  स्क्रिनमा पी दब्ल्यु एम डिमिङ्ग  टेक्नोलोजी भएकोले तपाईंलाई कम उज्यालोपनमा स्क्रिनको फ्लिकर (झिलमिल) ले आँखामा खासै असर पर्न दिँदैन।

फोनमा ५,५०० एमएएचको ठूलो ब्याट्रीले मध्यमदेखि भारी प्रयोगमा पनि पूरा दिन सजिलै चल्छ र कम प्रयोग गर्नेले एउटै चार्जमा दुई दिनसम्म पनि चलाउन सक्छ। ६७वाट तारको चार्जिङ प्रयोग गर्दा, दिइएको ६७ वाट पावर एडप्टरले करिब ५० मिनेटमा १०० प्रतिशत चार्ज हुन्छ। यसमा वायरलेस चार्जिङ नभए पनि चार्ज गर्न सजिलो छ।

शाओमी १५टी मा पूर्ण कनेक्टिविटी विकल्पहरू छन्, जसमध्ये डुअल सिम (नानो), वाइफाइ ६ई (डुअल–ब्यान्ड), ब्लुटुथ ६.० र पूर्ण पोजिसनिङ सिस्टम समावेश छन्। यसमा यूएसबी–सी सपोर्ट, एनएफसी (कन्ट्याक्टलेस भुक्तानीका लागि) र फोरजी एलटीई तथा फाइभजी नेटवर्क सपोर्ट छ, जसले प्रयोकर्तालाई अहिले र भविष्यमा धेरै सजिलोसमेत बनाउनेछ।

फोनमा सजिलो पहुँचका लागि अप्टिकल इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छन्। साथै, यसमा पूर्ण सेन्सर सेट पनि छ। एक्सेलेरोमिटर, एम्बियेन्ट लाइट, कलर टेम्प्रेचर, ई–कम्पास, फ्लिकर सेन्सर, जाइरोस्कोप, आईआर ब्लास्टर र प्रोक्सिमिटी सेन्सर रहेको छ जसले प्रयोग गर्दा फोनको पूर्ण कार्यक्षमता सुनिश्चित गर्छ।

१२ जीबी/५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ रहेका शाओमी १५टी दैनिक प्रयोगका लागि उत्कृष्ट डिस्प्ले गुणस्तर, ब्याट्री लाइफ र लाइका क्यामेरा अनुभव प्रदान गर्छ साथै समान मूल्यमा प्रिमियम सुविधाहरू दिन्छ। यो उपकरण नेपालभरका शाओमीका अधिकृत बिक्रेता तथा रिटेल नेटवर्कमार्फत उपलब्ध छ। 

त्यस्तै मात्र ४० प्रतिशत डाउनपेमेन्टमा ९ महिनासम्मको सहज किस्ता सुविधा पनि उपलब्ध छ। जसले गर्र्दा धेरै प्रयोगकर्ताका लागि शाओमी १५टी पहुँचयोग्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad