समाज


८ जिल्लाबाट लागुऔषधसहित १३ जना पक्राउ

८ जिल्लाबाट लागुऔषधसहित १३ जना पक्राउ

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १५:५, काठमाडौँ

प्रहरीले विभिन्न जिल्लाबाट अवैध लागुऔषध सहित १३ जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूको साथबाट ब्राउन सुगर, खैरो हेरोइन, ट्रामाडोल ट्याब्लेट, स्पास्पेन जस्ता लागुऔषधहरू बरामद भएको छ।

कास्कीको पोखरा महानगरपालिका–२६ कालिका चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय मिलिग्राम सहित सोही महानगरपालिका–१ बगर बस्ने २८ वर्षीय मनोज श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग२५ प १९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–७ राजापुरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारी रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

यसैगरी दाङ, घोराही उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय कर्ण बहादुर विकलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र नगद १२ हजार ६ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका–५ तुलसीपुर बस्ने २१ वर्षीय दिपक थापा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१४ बदेलधाप बस्ने २९ वर्षीय सिताराम दोङलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। 

झापा, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजार बस्ने ३३ वर्षीय दिलिप कुमार माझी र उनकै श्रीमती ३० वर्षीया रोमा राणा रहेका छन्।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ७६३३ नम्बरको सिटीसफारीलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक दिलिप र रोमालाई पक्राउ गरेको हो। 

सुनसरी, धरान उपमहानगरपालिका–१४ बाट नियन्त्रित लागुऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१५ बस्ने २७ वर्षीय सनम लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। 

यसैगरी सुनसरी, इनरूवा नगरपालिका–४ बसचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित रामधुनी नगरपालिका–५ बस्ने २१ वर्षीय सन्तोष राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको को३१ प २९५२ नम्बरको मोटसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सप्तरी बोदेबरसाइन नगरपालिका–१० बस्ने १९ वर्षीय दुर्गानन्द यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

बाँके, बैजनाथ गाउँपालिका–१ चिसापानीबाट अवैध लाुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका–१० बस्ने २१ वर्षीय बिनोद थापामगर र सुर्खेत लेकबेसी नगरपालिका–१ बस्ने २५ वर्षीय विकास पाण्डे रहेका छन्। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad