सेयरबजारमा आज पाँच अंकको सुधार आएको छ।
अघिल्लो दिन उच्च अंकले बढेको बजार आज ५.३२ अंकले उकालो लागेर २६५५.९९ विन्दुमा पुगेको हो।
योसँगै बजारमा आज १ करोड बढी कित्ता बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८२ करोड पुगेको छ।
मंगलबार १ सय २२ वटा सेयरको मूल्य बढ्दा १२५ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज झापा इनर्जीको १० प्रतिशतले बढ्दा लगानीकर्ताले ५५.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
त्यसैगरी सागर डिस्टिलरी ९.९९, श्रीनगर एग्रिटेक ९.९८, स्वस्तिक लघुवित्त ८.२३ र बन्दीपुर केबलकार ७.२३ प्रतिशतले बढेका छन्। आज गिरावट आएका सेयरहरु भने अधिकतम ४.९६ प्रतिशतसम्म मात्र घटेका छन्।
कारोबारमा आज बन्दीपुरले सबैलाई उछिनेको छ। कम्पनीको २६ करोडको कारोबार भएको हो। यसबाहेक हिमालयन रिइन्स्योरेन्स २४ करोड, ङादी ग्रुप पावर २० करोड, युनियन हाइड्रोपावर १८ करोड र शिवम् सिमेन्टको १७ करोडको कारोबार भएको छ।
आज विकास बैंक, जीवन बीमा, सामूहिक लगानी र व्यापार सूचक घटेका छन् भने बाँकी सबै बढेका छन्।
Shares

प्रतिक्रिया