तीन दिनलाई देशभर कतै पनि वर्षा-हिमपातको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज मंगलबार बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुुसार तीन दिन अर्थात् बिहीबारसम्म मौसम यस्तो हुनेछ :
मंसिर ९ गते (मंगलबार)
दिउँसो : कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति : देशभर मौसम मुख्यतया सफा रहने छ।
मंसिर १० गते (बुधबार)
दिउँसो : कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति : देशभर मौसम मुख्यतया सफा रहने छ।
मंसिर ११ गते (बिहीबार)
दिउँसो : कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति : देशभर मौसम मुख्यतया सफा रहने छ।
मौसम महाशाखाका अनुसार अहिले मंगलबार बिहान भने कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। देशका तराई भूभागका थोरै स्थानमा हुस्सु लागेको छ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
Shares

प्रतिक्रिया