समाज


मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०८२ मंगलबार ७:१, काठमाडौँ

विवाहपञ्चमी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। 

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम-सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। 

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले सोमबार सूचना जारी गर्दै आज मधेसमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्। 

जनकपुर मिथिलाको प्राचीन राजधानी हो। यहाँ हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता र रामको विवाह महोत्सव हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad