ad ad

समाज


कोरोना भाइरसका कारण यी वृद्ध दम्पतीको एकै दिन ज्यान गयो

कोरोना भाइरसका कारण यी वृद्ध दम्पतीको एकै दिन ज्यान गयो

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १०:१,

कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट एक वृद्ध दम्पतीको एकै दिन ज्यान गएको छ।

गत शनिबार अमेरिकी राज्य विसकनसिनको विसकनसिन अस्पतालमा म्यारी केपलर र उनका श्रीमान विलफोर्डको उपचारको क्रममा मृत्यु भएको सीएनएनले जनाएको छ।

उनीहरुले ७३ वर्ष अगाडि विवाह गरेका थिए। विलफोर्डको मृत्यु भएको ६ घण्टापछि म्यारीको मृत्यु भएको थियो।

दुवैलाई कोरोना भाइरसको संक्रमण भएकाले दुवैलाई अन्तिम दिनसम्म पनि एकै कोठामा राखेर उपचार गरिएको थियो।

दुवैले अस्पतालको शय्याबाट एक अर्कासँग माया र प्रेमका कुरा गर्ने गरेको वृद्ध दम्पतीका नातिनी नटेलिया लामेकाले बताइन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .