समाज


मोटर साइकल दुर्घटनामा धादिङकका १८ वर्षीय सजनको मृत्यु

मोटर साइकल दुर्घटनामा धादिङकका १८ वर्षीय सजनको मृत्यु

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १७:२१, काठमाडौँ

काठमाडौँमा सवारी दुर्घटना हुँदा धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१६ कालधारा चोकस्थित सडकमा बाग्मती प्रदेश ०२-०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा.४१ प ६७९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ घर भएका १८
वर्षीय सजन रेग्मीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad