समाज


मकालु आधारशिविरको पदयात्रामा गएका युवकको लेक लागेर मृत्यु

मकालु आधारशिविरको पदयात्रामा गएका युवकको लेक लागेर मृत्यु

नेपालखबर
मंसिर ३, २०८२ बुधबार २१:५३, काठमाडौँ

सङ्खुवासभाको मकालु आधारशिविरको पदयात्रामा गएका एक युवकको लेक लागेर मृत्यु भएको छ। 

मकालु आधारशिविर घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए। आधारशिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो।

आधारशिविरको करीब पाँच हजार उचाइको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मंगलबार मृत्यु भएको हो। आधारशिविर नजिकै स्वास्थ्य समस्या भएर मृत्यु भएको प्राप्त सूचनाअनुसार आज प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्ड तीन जनाको टोली घटनास्थल पुगेको थियो। 

घटनाको जानकारी मंगलबार प्राप्त भए पनि भौगोलिक विकटताका कारण आज दिउँसो मात्र प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव हेलिकप्टरमार्फत ल्याएर परीक्षणका लागि केएमसी अस्पताल, भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थल प्रहरी चौकी मकालुबाट पाँच दिनको पैदल दूरीमा पर्छ। मकालु आधारशिविरमा अहिलेसम्म यातायात र सञ्चार पहुँच पुग्न सकेको छैन। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad