पश्चिम सुर्खेतमा क्वारेन्टाइनमा बसेकी एक महिला सुत्केरी भएकी छन्।
पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालित क्वारेन्टाइनमा रहेकी कमला नेपालीले मङ्गलबार बिहान छोरालाई जन्म दिएकी हुन्।
नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए। आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन्।
नगरप्रमुख थापाका अनुसार सुत्केरी भएपछि उनलाई होम क्वारेन्टाइनमै राखिने गरी पठाइनेछ। पञ्चपुरी–६ छाप्रेकी कमला चितवनबाट वीरेन्द्रनगर हुँदै आइतबार पतिसँगै विद्यापुर पुगेकी थिइन्।
3
Shares

प्रतिक्रिया