समाज


ठूलो परिमाणमा लागुऔषध सहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

ठूलो परिमाणमा लागुऔषध सहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

नेपालखबर
मंसिर १, २०८२ सोमबार १४:३९, इटहरी

सुनसरीबाट प्रहरीले ठूलो परिणामको लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

इटहरी उपमहानगरपालिका–१२ स्थित ‘नसिब फार्मेसी’बाट लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले दम्पतीलाई पक्राउ गरेको हो।

प्रहरीले इटहरी–१२ को नसिब फार्मेसी’मा छापा हानेर फार्मेसी सञ्चालक ५० वर्षीय नसिवनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

लुकाई छिपाइ सिमेन्टको बोरामा राखिएको लागुऔषध प्रहरी पुगेपछि सम्झनाले छतमाथिबाट बाहिर फालेको प्रहरीले जनाएको छ। 

नसिवलाई घरको आँगनबाटै र सम्झनालाई छतबाट लागुऔषध बाहिर फाल्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले फार्मेसीबाट १९ हजार ८ सय क्याप्सुल ट्रमा डोल र डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको जनाएको छ।

पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad