एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।
कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की एआईजीमा बढुवाका लागि सिफारिस भएपछि रिक्त हुने पदमा अधिकारीलाई बढुवा गर्न सिफारिस गरिएको हो।
२०५५ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका अधिकारी २०५६ सालमा प्रहरी निरीक्षकमा भिडेका थिए। २०५६ सालको टोलीसँगै पहिलो नम्बरमा एसएसपीसम्म आए पनि जेनजी आन्दोलनका कारण यसअघि ५ जनालाई डीआईजीमा बढुवा गर्दा अधिकारीलाई छुटाइएको थियो।
तर सोमबार बसेको बढुवा समितिले भने अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो। अधिकारी जेनजी आन्दोलनको समय भदौ २३ र २४ गते नै काठमाडौँको प्रहरी प्रमुख थिए।
नयाँ बनेको सरकारले अधिकारीलाई काठमाडौँ प्रहरी प्रमुखबाट हटाएर रमेश थापालाई काठमाडौँ प्रहरी प्रमुख बनाएको थियो। आफ्नो ब्याचबाट अधिकारी पहिलो नम्बरका एसएसपी थिए।
अधिकारीभन्दा पछाडी रहेका भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई बढुवा गरिएको थियो।
Shares

प्रतिक्रिया